दुबई: भारतका पेस बलर जसप्रीत बुमराहलाई सोमवार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – द्वारा सालको सर्वश्रेष्ठ पुरुष टेस्ट क्रिकेटर चयन गरियो। बुमराहले साल २०२४-मा १३ वटा म्याचमा ७१ विकेट हासिल गरे। बुमराह ढाड़को चोटबाट मुक्त भएर २०२३-को अन्ततिर मैदानमा फर्किएका थिए। यस ३१ वर्षीय पेस बलरले २०२४-मा १४.९२-को असाधारण औसतले विकेट लिए। आईसीसी-द्वारा जारी बयानमा भनिएको छ, बुमराह २०२४-मा विश्वका सर्वश्रेष्ठ बलर रहे, जसले घरेलु र विदेशी दुवै परिस्थितिहरूमा असाधारण प्रदर्शन गरे। आईसीसी विश्व टेस्ट च्याम्पियनशीपमा भारतको चुनौतीलाई कायम राख्नमा उनले महत्त्वपूर्ण योगदान दिए। उल्लेखनीय छ, दाहिने हातका पेस बलर बुमराहले घरेलु मैदानमा ईंग्ल्याण्ड र बंग्लादेशविरुद्ध भारतको टेस्ट सीरीज जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले पछिबाट दक्षिण अफ्रिका र अष्ट्रेलियाको विदेशी परिस्थितिहरूमा पनि टीमको निम्ति उत्कृष्ट प्रदर्शन गरे। २०२४-मा ७१ विकेटको साथ बुमराह एक क्यालेण्डर वर्षमा ७० भन्दा अधिक टेस्ट विकेट लिने चौथो भारतीय बलर बने। बुमराहभन्दा अघि राहुल द्रविड़ (२००४), गौतम गम्भीर (२००९), वीरेन्द्र सहवाग (२०१०), रविचन्द्रन अश्विन (२०१६) र विराट कोहली (२०१८)-ले यो पुरस्कार जितिसकेका छन्। यस प्रतिष्ठित पुरस्कारले सम्मानित हुने बुमराह पहिलो भारतीय पेस बलर चाहिँ हुन्।









