पूजा शर्माले गरिन् ओएनओई अभियान कार्यशालामा प्रदेश भाजपालाई प्रतिनिधित्व

IMG-20250127-WA0209

गान्तोक: भाजपा कार्यकारिणी सदस्य पूजा शर्माले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित ‘एक राष्ट्र, एक चुनाउ’ अभियान कार्यशालामा भारतीय जनता पार्टी, सिक्किमको प्रतिनिधित्व गरिन्।
कार्यशालाको अध्यक्षता केन्द्रिय कृषि तथा किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले गरेको थियो।
कार्यशालामा राष्ट्रिय महासचिव सुनील बंसल, सांसद (राज्यसभा) कामाखाया प्रसाद तासा लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यशालामा २८ राज्य र ८ केन्द्र शासित प्रदेशका संयोजक र सह-संयोजकहरू सहभागी बनेको विज्ञप्तिमा उल्लेख छ।
भारत सरकारद्वारा हाल विचाराधीन रहेको ‘एक राष्ट्र, एक चुनाउ’ प्रस्तावले देशभरका सबै चुनाउहरू एकै दिन वा निश्चित समयसीमा गर्ने लक्ष्य राखेको छ ताकि निर्वाचनसँग सम्बन्धित लागत घटाउन सकियोस्। प्रस्तावको एउटा प्रमुख पक्ष भनेको सबै २८ राज्य र ८ केन्द्र शासित प्रदेशहरूमा लोकसभा र राज्य विधानसभाहरूको चुनाउ एकैसाथ सञ्चालन गर्नु रहेको छ।
यो विधेयक भारतीय संसदको तल्लो सदन लोकसभामा १७ दिसम्बर, २०२४ मा पेश गरिएको थियो। यो सुधार उपायले चुनाउ कार्यक्रमलाई सुव्यवस्थित गरेर र दक्षतामा सुधार गरेर शासनलाई ‘पुनः परिभाषित’ गर्ने अपेक्षा गरिएको छ।
श्रीमती शर्माले भनेकी छन्, ‘ओएनओई अभियान जस्ता कार्यशाला हाम्रो राष्ट्रको चुनावी सुधारहरूको भविष्यको बारेमा छलफल गर्न र आकार दिनको लागि एक अविश्वसनीय मञ्च हो। हाम्रो लोकतन्त्रलाई बलियो बनाउन र चुनावी प्रक्रियालाई एकताबद्ध गर्न परिवर्तनकारी विचारहरू छलफल गर्दै यस ऐतिहासिक पहलको हिस्सा बन्न पाउनु सौभाग्यको कुरा थियो। प्रगतिशील भारतको लागि यो दृष्टिकोणमा योगदान गर्न पाउँदा गर्व लागेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement