आमाको आशीर्वाद मेरो शक्ति र प्रेरणाको स्रोत हो: मुख्यमन्त्री

n6493537231737997507023cfcc7f37cd805e9b4fafef7901c8303fd6b7aecda8a4f8616780f5b2042bd64c

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिङलिङस्थित आफ्नो घरमा आमासॅंग भेट गरेर आशीर्वाद लिएका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजको पोस्टमा उक्त जानकारी गराउॅंदै फोटोहरू साझा गरेका छन्।
मुख्यममन्त्रीले लेखेका छन्, ‘मेरो जन्मघर सिङलिङ, सोरेङमा जाँदा म सबैभन्दा पहिले मेरी आमालाई भेट्छु र उहाँको आशीर्वाद लिन्छु। यो पवित्र संस्कार प्रेम, सम्मान र कृतज्ञताको गहिरो अभिव्यक्ति6 हो। मेरो लागि, उहाँको आशीर्वाद शक्ति र प्रेरणाको स्रोत हो, जसले मलाई अटल समर्पणका साथ मेरा जिम्मेवारीहरू पूरा गर्न सशक्त बनाउँछ।’
मुख्यमन्त्रीले अझ लेखेका छन्, ‘मेरो जीवनको व्यस्त कार्यक्रमबीच, मेरो यात्रालाई अनन्तकालसम्म मार्गदर्शन गर्ने शाश्वत मूल्यहरूलाई सुदृढ बनाउँदै मेरी आमासँगको यो अनमोल सम्बन्धले मलाई जगमा राख्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement