गेजिङमा दुइवटा कृतिको विमोचन

IMG-20250127-WA0207

गेजिङ: पश्चिम सिक्किम साहित्य प्रकाशनको आयोजनामा गेजिङमा दुई साहित्यिक कृतिको विमोचन भव्यताका साथ सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार पद्मश्री केदार गुरुङद्वारा लिखित ‘प्रश्न नै प्रश्नहरूको घेराभित्र’ (अन्तर्वार्ता) र वरिष्ठ साहित्यकार दलमान मुखिया पीरद्वारा लिखित ‘मलाई बाटो देखाऊ’ (नाटक संग्रह) कृतिहरू विमोचित गरियो। प्रकाशनको मुख्यालय गेजिङमा आयोजित यस कार्यक्रममा प्रकाशनकी अध्यक्ष रिङ्की लमू लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव लक्ष्मीप्रसाद गुरुङ र सहसचिव फुर्वा खाण्डु शेर्पाले कार्यक्रमबारे उल्लेख गरे। कार्यक्रममा अध्यक्ष लेप्चाले दुबै कृतिको साहित्यिक महत्त्वमाथि चर्चा गर्दै पश्चिम सिक्किमको साहित्यिक विकासमा यसले पुर्यालउने योगदानबारे आफ्नो विचार व्यक्त गरिन्। उनले भने, “यी कृतिहरूले समाजको चेतना र साहित्यिक समाजलाई थप उजागर गर्नेछन्।” ‘प्रश्न नै प्रश्नहरूको घेराभित्र’ कृतिका लेखक गुरुङले जीवनका विविध पक्ष, प्रश्नहरू र उत्तरहरूको खोजीलाई अन्तर्वार्तामार्फत रोचक शैलीमा प्रस्तुत गरेका छन्। दलमान मुखिया पीरको ‘मलाई बाटो देखाऊ’ नाटक संग्रहमा समाजको विभिन्न चुनौती र मूल्यहरूको चित्रण गरिएको छ। विमोचन कार्यक्रममा सहभागी साहित्यकारहरूले दुबै लेखकलाई बधाई दिंदै यस्ता कृतिहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे। पश्चिम सिक्किमको साहित्यिक यात्रालाई नयाँ उचाइमा पुर्याखउन कृतिहरू प्रेरणादायी हुने बताए।

About Author

Advertisement