गणतन्त्र दिवससंगै विभुजी महाराजको जन्म जयन्ती पालन

IMG-20250127-WA0206

रम्फू: मानव उत्थान सेवा समिति रम्फू तहसीलअन्तर्गत श्री सुयश सत्संग धाम आश्रममा भारतको ७६औं गणतन्त्र दिवस साथै विभुजी महाराजको ४३औं जन्मोत्सव हर्सोल्लासको साथ सम्पन्न गरियो। कार्यक्रमको प्रथम चरणमा रम्फू तहसील प्रभारी महात्मा सरला बाईजीद्वारा राष्ट्रिय झण्डा उत्तोलन गरिएको थियो भने मानव सेवादल स्वम सेवक सेविकागणद्वारा राष्ट्रिय झण्डालाई सलामी दिएको थियो।
प्रभारी महात्मा सरला बाईजीले आफ्नो सम्बोधनमा यस दिनको महत्वमाथि बताइन्। गणतन्त्र दिवस साथै विभुजी महाराजको ४३औं जन्मोत्सवबारे उल्लेख गरिन्। २६ जनवरी सन् १९५० देखि भारतमा संविधान लागू भएको जानकारी गराउँदै स्वतन्त्रता सेनानी र संविधान निर्माताहरूको योगदान र बलिदान आजको दिनले याद दिलाउने बताइन्। प्रत्येक मानवमा देश प्रेम, मातृभूमि, माता-पिता र गुरुको ऋण कहिले तिरेर तिर्न नसकिने र यसका लागि हामी ऋणी बन्नुपर्ने बताइन्। आजको युवा भोलीको देश र समाजको कर्णधार हो,प्रत्येक युवामा आफ्नो देशप्रेम झल्केको हुनुपर्ने भन्दै मनलाई स्थिरता राख्ने,मनको स्थिरताले सद्भावना र भाईचारा जगाउने, संसारको रंगीचंगी र गलत संगतले गर्दा धेरै युवा देशप्रेम र आध्यात्मवाददेखि धेरै टाढ़ा भएर गइरहेको धारणा व्यक्त गरिन्। कार्यक्रमको दोस्रो चरणमा सत्संग समारोहको आयोजना गरेको थियो। रम्फू तहसील प्रभारी महात्मा सरला बाईजी,सह प्रभारी महात्मा बिन्द्रा बाईजी, सिक्किम राज्य समिति वरिष्ठ सल्लाहकार नगेन्द्र शर्मा,मोहित राई र सिक्किम राज्य समिति युवा प्रकोष्ठ अध्यक्ष उदय प्रधानले वार्ता राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement