जौटारमा राज्यस्तरीयरूपमा पालन गरियो सोनम लोछार पर्व

IMG-20250127-WA0200

एसकेएम सरकार आएपछि सबै जात-जातिले आफ्नो पर्व निर्धक्क मनाउन पाएको छः मुख्यमन्त्री तामाङ

गान्तोक: सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत जौटार खेल मैदानमा तामाङ समुदायको महान पर्व सोनम लोछार राज्यस्तरीय भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा रहेका थिए भने उनकी धर्मपत्नी शारदा तामाङ गोले, कालचिनी समष्ठीका विधायक विशाल लामा, दार्जीलिङका विधायक निरज जिम्बा लगायत सिक्किम विधानसभाका अध्यक्ष, उपाध्यक्ष, मन्त्रीमण्डल, विधायकगणको पनि उपस्थिति रहेको थियो। यस अवसरमा तामाङ समुदायलाई विभिन्नरूपमा योगदान पुऱ्याउने विशिष्ठ १५ जना व्यक्तिहरूलाई सम्मान जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यो पर्व वास्तवमा ३० जनवरीको दिन पर्छ तर यस भन्दा अघि अग्रिम मनाउनु किन पऱ्यो भन्नेबारेमा जानकारी गराए। राज्यमा अहिले सम्प्रादायिक सदभावना कायम रहेको र यसलाई सबैले निरन्तरता दिनुपर्ने आग्रह गरे। वर्ष २०१९ भन्दा अघि आफ्नो जातिको पर्व मनाउनको निम्ति एक पटक सोच्नुपर्ने स्थिति उत्पन्न भएको थियो, तर एसकेएम पार्टी सरकारमा आएपछि सबैले आ-आफ्नो समुदायको पर्व निर्धक्क पालन गर्ने वातावरण सृजना गरेको मुख्यमन्त्रीले बताए।पूर्व सरकार आफैले पोस्टर टाँसेर अरूलाई बदनाम गराउने गरेको धेरै उदाहरण दिए। प्रत्येक समुदायको भवन गान्तोकमा हुनुपर्छ भन्दै सबैको भवन अहिले गान्तोकमा निर्माण भइरहेको जानकारी गराए। चुनाउको समयमा दिएको बचन पुरा गर्दै सिक्किम विधानसभा सत्र आगामी ५ फरवरीदेखि शुरू हुने र त्यसपछि सबै भन्दा अधिक मत पाएको निर्वाचन क्षेत्रमा जन भेट कार्यक्रममा आउने आश्वासन दिए। यसरी नै सोरेङ पछि अधिक मत पाएको निर्वाचन क्षेत्र रिनाक भएकोले सोरेङपछि रिनाकका जनतासँग भेट गर्ने बताए।मार्च भन्दा अघि सकेसम्म सबै निर्वाचन क्षेत्रको भ्रमण गर्ने जानकारी गराए। यसरी नै विधायक अदित्य गोलेले राखेको मागहरू पुरा गर्ने बचन दिए।

सोरेङमा पार्किङ प्लाजा निर्माणको निम्ति ८९ करोड धनराशि अनुमोदन भइसकेको बताए। यस खेल मैदानमा आर्टिफिसियल टफ लगाउने घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement