खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभा सिविटार चियाबारीको शारदा प्राथमिक पाठशाला क्षेत्रको बुथलाई लिएर सम्पन्न भएको छ। उक्त सभा बुथको सभापति राजेन प्रधानकाे अध्यक्षता र बुथको उप सभापति फुर्बा तामाङको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिकाे उप सभापति एंव पञ्चायत समिति सदस्य कुसाङ लामा, र सभाध्यक्ष राजेन प्रधानले वक्तव्य राखेका थिए। सभामा वक्ताहरुले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र पार्टीगत विषयमा चर्चा परिचर्चा गरेका थिए। यसै सभामा सिविटार चियाबारीको यस बुथमा रहेको पाँचवटा गाउँहरुलाई लिएर प्रशाखा कमिटी गठन गर्नलाई संयोजकहरु चयन गरिएको छ। यी चयन गरिएका संयोजकहरुले आगामी एक हप्ताभित्रमा प्रशाखा कमिटी गठन गर्नु पर्ने निर्देशन समष्टि कमिटीले दिएका छन्। आजको सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।