खरसाङ नगरपालिका क्षेत्रको लागि नवौं संस्करणको द्वारे सरकारको क्याम्प शुरु

IMG-20250127-WA0195

खरसाङ: खरसाङ नगरपालिकाको विभिन्न वार्डहरुका लागि द्वारे सरकारको क्याम्प आजदेखि सम्पन्न भएको छ। नवौं संस्करणको पहिलो दिनको द्वारे सरकारको क्याम्प खरसाङको नगरपालिका भवनमा सम्पन्न भएको छ। यस द्वारे सरकारको क्याम्प खरसाङ नगरपालिकाको वार्ड नम्बर १, २, ३ र ४ आदिको लागि सम्पन्न भएको छ।‌ भोलि मंगलबार खरसाङ नगरपालिकाको वार्ड नम्बर ५, ६, ७ र ८ को लागि द्वारे सरकारको क्याम्प हुने भएको छ। यी द्वारे सरकारको क्याम्पहरुमा जनसाधारणले सरकारको विभिन्न योजनाहरु विषयमा लाभ उठाउन सक्नेछन्। नवौं संस्करणको द्वारे सरकारको क्याम्प विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरुमा आयोजना गरिने द्वारे सरकारको क्याम्पहरु विषयमा जानकारी गराएका छन्‌‌।

उनले जनताको सुविधाको लागि द्वारे सरकारको क्याम्प विषयमा जानकारी गराएको साथै यी द्वारे सरकारको क्याम्पहरुमा आएर जनसाधारणले विभिन्न सरकारी सहुलियतहरुको फाइदा उठाउन सक्नेछन् भनी जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement