टीभीएस मोटर कम्पनीले भारतको पहिलो ब्लूटुथ कनेक्टेड इलेक्ट्रिक थ्री-व्हीलर— टीभीएस किङ ईभी म्याक्सको शुभारम्भ गर्‍यो

IMG-20250127-WA0175

कोलकाता: दुई चक्के र तीन चक्के सवारीसाधन निर्माण गर्ने अग्रणी विश्वस्तरीय अटो निर्माता कम्पनी, टीभीएस मोटर कम्पनीले आफ्नो कनेक्टेड यात्रु विद्युत् थ्री-व्हीलर टीभीएस किङ ईभी म्याक्स सार्वजनिक गरेको घोषणा गरेको छ। यो सवारी साधन आफ्नो वर्गमा उत्कृष्ट विशेषतासहित उपलब्ध छ, जसमा स्मार्टकनेक्ट™ मार्फत ब्लूटुथ कनेक्टिभिटी समावेश छ। टीभीएस किङ ईभी म्याक्सले पर्यावरणमैत्री समाधान र आधुनिक प्रविधिसहित शहरी परिवहनका लागि दिगो विकल्प प्रस्तुत गर्दैछ।

वर्गमै उत्कृष्ट विशेषताहरू

उत्कृष्ट पिकअप/एक्सेलेरेसन: ०–३० किमी/घन्टा ३.७ सेकेन्डमा।

टप स्पिड: ६० किमी/घण्टा।

वारेन्टी: ६ वर्ष/१.५ लाख किमी।

ग्रेडेबिलिटी: ३१ प्रतिशत।

वाटर वेडिङ: ५०० मिमी।

चार्जिङ समय: ३ घण्टा ३० मिनट।

एलईडी हेडलाइट र टेललाइट।

टीभीएस स्मार्टकनेक्ट™ इनेबल ब्लूटुथ कनेक्टेड सुविधाहरू।

टीभीएस मोटर कम्पनीको कमर्शियल मोबिलिटी बिजनेस हेड रजत गुप्ताले भने, “टीभीएस किङ ईभी म्याक्सको यो शुभारम्भ, लास्ट-माइल कनेक्टिभिटीका लागि दिगो समाधान उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा महत्वपूर्ण कदम हो। शहरी क्षेत्र तीव्र रूपमा विकसित भइरहेका छन्, जसले गर्दा स्वच्छ र दिगो यातायातका विकल्पहरूको माग दिनप्रतिदिन बढ्दो छ। टीभीएस किङ ईभी म्याक्सले आधुनिक इलेक्ट्रिक प्रोपल्सनको साथ यात्रामा आराम, उत्कृष्ट प्रदर्शन, र कनेक्टिभिटी प्रदान गर्दछ। यसको लामो रेन्ज, छिटो चार्जिङ समय र उत्कृष्ट पर्फमेन्सले चालक र फ्लीट अपरेटरलाई बढी ट्रिप गर्न र आम्दानीको सम्भावना बढाउन सहयोग गर्दछ।”

यो सवारीसाधनले २ घण्टामा क्विक चार्ज र एकपटकको चार्जमा १७९ किमीको रेन्ज प्रदान गर्दछ। यो १५ मिनेटमा ०–८० प्रतिशत र ३.५ घण्टामा १०० प्रतिशत चार्ज हुन्छ। यसमा टीभीएस स्मार्टकनेक्ट™ जस्ता स्मार्ट सुविधाहरू छन्, जसले स्मार्टफोनबाट रियल-टाइम नेभिगेसन, एलर्ट, र गाडीको डायग्नोस्टिक्सको सुविधा प्रदान गर्दछ। टीभीएस किङ ईभी म्याक्समा उच्च प्रदर्शन क्षमता भएको ५१.२ भोल्टको लिथियम-आयन एलएफपी ब्याट्री प्रयोग गरिएको छ। ६० किमी/घण्टाको टप स्पिड (इको मोड: ४० किमी/घण्टा, सिटी मोड: ५० किमी/घन्टा, पावर मोड: ६० किमी/घण्टा), फराकिलो क्याबिन, र आरामदायी सिट डिजाइनले यसलाई यात्राका लागि उत्कृष्ट बनाएको छ। यो थ्री-व्हीलर हाल उत्तर प्रदेश, बिहार, जम्मू-कश्मीर, दिल्ली र पश्चिम बङ्गालका चुनिएका डिलरशिपहरूमा रु २,९५,००० (एक्स-शोरूम, दिल्ली) को मूल्यमा उपलब्ध छ। यसमा ६ वर्ष/१,५०,००० किमी वारेन्टी र पहिलो ३ वर्षका लागि २४/७ रोडसाइड असिस्टेन्स सुविधा पनि उपलब्ध छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement