झापा: झापाको हल्दिवारी गाउँपालिका-१ बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
हिजो बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दिवारी-१ का २० बर्षीय सोनु कर्मकार र दमक नगरपालिका-८ का २३ बर्षीय सक्षम भट्टराईलाई ५ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। ब्राउनसुगरसहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।









