दुर्घटना गराएर फरार रहेका चालक पक्राउ

IMG-20250127-WA0166

विराटनगर: झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। दमक नगरपालिका-९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर दिपेश कार्कीले जानकारी दिए। पक्राउ परेका तामाङविरुद्ध सवारी ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए।
दमक-५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेल गत मंसिर ६ गते बिहान पूर्व–पश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्पनजिकै सडक किनारमा लडिरहेको अचेत अवस्थामा फेला परेका थिए। उद्धार गरेर उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भयो।
तर, खरेललाई सवारीसाधनले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो। त्यसपछि प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधनको खोजी गरिरहेको थियो।
तामाङलाई को १ ख ४१४२ नम्बरको मिनी ट्रकसहित पक्राउ गरिएको इन्स्पेक्टर कार्कीले बताए। उनका अनुसार तामाङले हाँकेको उक्त ट्रकको ठक्करबाट वृद्धको ज्यान गएको यकिन भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement