खरसाङ: जीटीए सूचना एवं संस्कृतिक विभागको आयोजना सम्पन्न भईरहेको प्रतिभाको खोज गायन प्रतियोगिता जीटीए आईडल जीटीए क्षेत्रको ४५ वटै समष्टिमा नै सम्पन्न भईरहेको छ। यसै क्रममा आज मङपू सरस्वती विद्यालयको भवनमा जीटीए पीआरओ बिज्ञान मिश्रको अध्यक्षता अनि समष्टि सभासद रतन थापाको प्रमुख आतिथ्यमा अडिशन सम्पन्न भयो।
पदम बराईली अनि सुनिता गुरुङले सञ्चालन गरेको आजको जीटीए आईडलको अडिशन राउन्डमा आठजना प्रतियोगीहरुले आफ्नो प्रस्तुति दिएका थिए भने ती मध्ये छजना प्रतियोगीहरु पियानो राउन्डको निम्ति छनौट भएका छन्।
आजको लाब्दा-मङपू समष्टि स्तरीय जीटीए आईडल अडिशन राउन्डको मुख्य निर्णायकहरु बेनु बम्जन,अकबर राई अनि सोमछिरिङ लेप्चा रहेका थिए।

यसरी पियानो राउन्ड आगामी २ फरवारीको दिन स्थानीय सरस्वती विद्यालय भवनमा नै हुने जानकारी आयोजक पक्षले दिएको छ।