खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारेदेखि केही रंगटङ्गमा नवनिर्मित ‘आई लभ रंगटङ्ग’ लेखिएको बोर्ड असामाजिक कुतत्वहरुले भत्काईदिएको छ। कर्माध्यक्ष साजन दर्जीको पहलमा खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट पर्यटकहरुका लागि साथै स्थानीयहरुका बनाइएको उक्त ‘आई लभ रंगटङ्ग’ लेखिएको बोर्ड बनाइएको थियो। यो गत वर्ष २०२४ को नोभेम्बर महिनामा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानको बाहुलीबाट उद्घाटन गरिएको थियो। तर उक्त बोर्ड केही असामाजिक कुतत्वहरुले भत्काई दिएको छ। उक्त घटनालाई लिएर खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष साजन दर्जीले स्थानीय पुलिस प्रशासनलाई जानकारी गराएको र पुलिस प्रशासनले यस घटनालाई लिएर जाँच गरिरहेको जानकारी गराएका छन्। कर्माध्यक्ष साजन दर्जीले यस घटनालाई लिएर यो नहुनु पर्ने थियो भन्दै स्थानीय पुलिस प्रशासनलाई जानकारी गराएको र प्रशासनले यस क्षेत्रमा गस्ती बढाएको बताएका छन्। उनले यो ‘आई लभ रंगटङ्ग’ असामाजिक कुतत्वहरुले भत्काईदिएको कारणले पुनः निर्माण गर्नलाई अर्को मगाएको र केही दिनमा नै आईपुग्ने बताएका छन्। उनले यो नहुनु पर्ने घटना घटेको भन्दै भविष्यमा फेरि यस्तो नहोस् किनभने यो कार्य स्थानीयहरु र पर्यटकहरुका लागि निकै निर्माण गरिएको बताएका छन्।

उक्त ‘आई लभ रंगटङ्ग’ लेखिएको बोर्ड असामाजिक कुतत्वहरुले भत्काईदिएको विषयमा घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले पनि जानकारी गराएका छन् भने उनले यो घटनालाई लिएर दु:ख व्यक्त गरेका छन्।