बङ्गाली समुदायमा आएको सामाजिक आर्थिक परिवर्तनको एक अध्ययन  

IMG-20250126-WA0013
  • शोधकर्ता: पार्थो सरकार   

प्रस्तुत छ सार

प्रस्तुत शोधपत्र बङ्गाली मसुदायको सामाजिक आर्थिक परिवर्तनसँग सम्बन्धित रहेर सुनसरी जिल्ला अन्तर्गत वराहक्षेत्र नगरपालिका वार्ड न० ९ प्रकाशपुर अन्तर्गतका बङ्गाली टोल, कोशी गाउपालिका बङ्गाली टोल, झापा जिल्लाको भद्रपुर नगरपालिका, झापा गाउपालिका, मोरङ विराटनगर महानगरपालिका वार्ड न० १ पोखरीया बङ्गाली बस्तिका बङ्गालीहरूलाई आफ्नो अध्ययनका उत्तरदाता बनाएर यस बङ्गाली समुदायको परिवर्तन त्यसमा पनि विशेष गरेर सामाजिक आर्थिक परिवर्तन हेर्ने उद्देश्यले अध्ययन गरिएको हो । आज विश्व एउटा सानो समाजको रूपमा परिवर्तन भइरहँदा यस विश्वव्यापीकरणको प्रभाव हाम्रो देश नेपालमा पनि परिरहेको छ।

शोधकर्ता: पार्थो सरकार   

विदेशी बजारमा उत्पादन भएका माल सामान हाम्रो देशमा कुनाकाप्चामा बस्ने साधारण नेपालीले पनि उपभोग गरिरहेको अवस्था छ। धेरथोर रूपमा परिवर्तन पनि देखिरहेको यस अवस्थामा बङ्गाली समुदायमा जुन समुदाय नेपालका ९८ वटा अल्पसंख्यक जातिहरू मध्ये एक जाति हो र यो अति सिमान्तकृत अल्पसंख्यक जाति अन्तर्गत पर्दछ। सामान्यतया नदिको किनारमा बस्ने र नदिमा नै माछा मार्ने, खेतीपाती, पशुपालन काम परम्परागत रूपमा गर्दै आएका यिनीहरू विश्वमा द्रुतगतिमा बढ्‌दै गरेको विश्वव्यापीकरणका कारण पूर्णतया आफ्नो परम्परागत पेशाबाट त पाखा लागेका छन नै विकाशले उनीहरूको पेशालाई असर गरे पनि पेशा परिवर्तनबाट उनीहरूको सामाजिक आर्थिक अवस्थामा कस्तो परिवर्तन आयो भन्ने कुरा यस शोधले यस समुदायलाई आफ्नो अध्ययन क्षेत्र बनाएर हेर्न खोजेको छ। अध्ययनले राखेको उद्देश्य अनुरूप बङ्गाली समुदायको सामाजिक आर्थिक परिवर्तनको लेखा जोखा गर्ने क्रममा आएका परिणामहरू सारको रूपमा निम्न अनुसार प्रस्तुत गरिएको छ। सुनसरी जिल्लाअन्तर्गत वराहक्षेत्र नगरपालिका वार्ड न० ९ प्रकाशपुर अन्तर्गतका बङ्गाली टोल, कोशी गाउपालिका बङ्गाली टोल, झापा जिल्लाको भद्रपुर नगरपालिका वार्ड न० ६, झापा गाउपालिका, मोरङ विराटनगर महानगरपालिका वार्ड  न० १ पोखरीया बङ्गाली बस्तिका बस्ने जम्मा १३१४ घरमा ६६२६ जनसंख्याको सामाजिक आर्थिक परिवर्तन यस शोधले गरेको छ। १४४ जना उत्तरदाताहरूलाई उनीहरूको सम्पूर्ण दैनिक क्रियाकलाप आर्थिक अवस्था पेशा शिक्षाको अवस्था वा अध्ययनले राखेको उद्देश्य पुरा हुने खालका प्रश्नहरू सोधेर उनीहरूको सामाजिक आर्थिक अवस्थालाई तथ्यांकिय रूपमा लिनेकाम यस शोधपत्रले गरेको छ। नगरपालिकाको नजिक तथा जिल्ला सदरमुकाम लौकहीको नजिक भएर पनि होला अध्ययन क्रममा बङ्गाली समुदायमा यथेष्ट सकारात्मक परिवर्तनहरू तथ्यांकिय रूपमा आएका छन् जुन उत्तरदाताको आफ्नो उत्तरबाट लिइएको हो। स्थलगत सर्वेक्षणका लागि बङ्गाली समुदायको घरघरमा जाँदा हजुर घरमा को हुनुहुन्छ? भनि बोलाउँदा हजुर हामी छौ भनि बोल्ने र अगाडि आएर कुरा गर्ने तथा प्रश्नको उत्तर दिने पनि पुरुष बढी नै देखिए जुन पुरुष प्रधान नेपाली समाजलाई प्रतिनिधित्व गर्दछ अर्थात यो सोधमा ७३% पुरुष उत्तरदाता भए भने जम्मा २७% महिला उत्तरदाता पारिवारिक संरचना बढी एक परिवार भएको बढी ८०% एकल परिवार रहेको देखियो। बिहे गरेपछि छोरा छुट्टीएर बस्ने चलन नेपाली समाजमा छ जुन बङ्गाली समाजमा पनि रहेछ। बङ्गाली समुदायमा परिवारको संख्या ४/६ जना सम्म भएको बढी देखियो जुन ६४% छ भने १/३ जना सम्मको २५% लिङ्गको आधारमा साक्षरता दर हेर्दा महिलाको ९०% देखियो भने पुरुषको ८८% शैक्षिक तह पुरा गरेको बङ्गाली समुदायमा तथ्यांक हेर्दा खेरी साधारण लेखपढ २४% र प्रा.वि. तह पुरा गरेको ३२% देखियो २ पास १३% देखियो स्नातक ११%, स्नातकोत्तर ५% मात्र देखियो । वर्तमानमा बङ्गाली समुदायले अवलम्वन गरेको पेशा हेर्दा प्रमुख पेशाका रूपमा बङ्गाली समुदायले ५८% कृषि ज्याला मजदुरी २६% रहेको पाइयो, रोजगारी ८% पाइयो ५% परम्परागत पेशा पाइयो भने ३% मात्र नोकरी गरेको पाइयो । कृषि, ज्याला मजदुरीबाट रु० १५०००/- भन्दा माथि कमाउने बङ्गाली समुदाय ८२% रहेको पाइयो। यसरी राम्रो आम्दानी गरे पनि बङ्गाली समुदायका १८% को आर्थिक स्थिती गुजारा व्यवसाय तथा परम्परागत प्रकृतिको रहेको छ। कमायो खायो सक्यो अनुसार बङ्गाली समुदायले बचत कम गर्ने देखियो। बङ्गाली समुदाय कति सचेत छन् स्वास्थ्यको सन्दर्भमा विरामी भए कहाँ उपचार गराँउछन् भनेर बुभने क्रममा अध्ययन गर्दा करिब ५८% ले सरकारी अस्पतालमा उपचार गराउने गरेको पाइयो भने करिब २२% ले निजि क्लिनिकमा तथा १२% ले आयुर्वेदमा पनि उपचार गराउने गरेको पाइयो । खानेपानी कसरी शुद्ध बनाएर पिउन हुन्छ भनेर थाहा पाउने क्रममा फिल्टर गरेर पिउने ५३% देखिए भने धाराबाटै कपडाले छानेर खाने २४% तथा पियुष राख्ने २३% देखिए। ९४% उत्तरदाताको घरमा शौचालय भएको पाइयो। त्यस्तै गरी बङ्गाली र राजवंशीमा फरक छैन हामी एउटै छ भन्ने उत्तरदाता ४७%, हामी फरक छौ ३६% र थाहा छैन १७% देखिए। जग्गा स्वामित्वको अवस्था हेर्दा अत्यन्तै कम देखियो। १४% को मात्र जग्गा विघा भन्दा बढी देखियो भने अरुको कम भूस्वामित्व नै नहुने १२% देखियो। करिब ९४% उत्तरदाताहरू शिक्षा स्वास्थ्य यातायात जस्ता विकाशका आधारभुत तत्वहरूको पहुचमा रहेको कुरा अध्ययनमा थाहा हुन आएको छ। आधुनिक उपकरणको प्रयोगको अवस्था हेर्दा बङ्गाली समुदायका ८५% ले मोबाइल उपयोग गर्ने गरेको पाइयो। बङ्गाली समुदायमा आफ्नो मातृभाषा बोल्ने तथ्याकं राम्रो देखियो ९२% ले मातूभाषा बोल्ने बताए बङ्गाली समुदायका ९८% ले हिन्दु धर्म मान्दछन । भने मुख्य गरेर काली भगवती देवी देवताको पूजा गर्ने गर्दछन्। बङ्गाली समुदायमा नयाँ अपनाएको पेशामा सन्तुष्ट ६६% छन् भने परम्परागत पेशा राम्रो भन्ने ३४% उत्तरदाता छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement