दार्जीलिङ: गणतन्त्र दिवसको अवसरमा बानरहाट सेन्ट्रल डुवर्समा अवस्थित आनन्दम आश्रममा नेप इण्डिया फाउण्डेशन, दार्जीलिङको टोली पुगे। त्यहाँ रहेका दृष्टिहीन, शारीरिक अनि मानसिक रूपले ग्रस्त व्यक्तिहरूसित भलोकुशारी गरेl नेप इण्डिया फाउण्डेशन, दार्जीलिङका टोलीले दिनभर उनीहरूसित हर्ष उल्लासक साथ गणतन्त्र दिवस मनाए।

संस्थाका वरिष्ठ सदस्य तथा शीर्ष नागरिक श्रीमती दीपारानी ठकुरीज्युले राष्ट्रिय ध्वज उत्तोलन गरिन्l यसपछि आश्रमका दिव्यांग व्यक्तिहरूलगायत नेप इण्डिया फाउण्डेशन, दार्जीलिङका सदस्यहरूले एकजुट भएर गाएको राष्ट्रिय गानले सबैलाई मन्त्रमुग्ध बनायो। गणतन्त्र दिवसको अवसरमा संस्थाको तर्फबाट स्वादिष्ट मिठाईहरू वितरण गरियोl नाँचगानले माहोल झानी रमाइलो बनेको थियो। \

संस्थाकी मूल सचिव श्रीमती आराधना नाम्चुले आश्रमको लागि आवश्यक खाद्यवस्तुलगायत चामल, दाल, तेल, आँटा प्रदान गरिन्l यसै क्रममा संस्थाको तर्फबाट अध्यक्ष श्रीमती नीलम तामाङले त्यस आश्रममा रहेका सबैलाई क्रमैले नकद राशी प्रदान गरिन्। यसरी नै सुश्री साङ्गे ल्हमु र श्रीमती सीता रजक, सदस्यहरूले फल, अण्डा, चिनी प्रदान गरे। श्रीमती नीलम तामाङ (छेत्री) ,अध्यक्ष को अगुवाइमा टोलीका अन्य सदस्यहरू उर्गेन पाखरिन- प्रमुख सल्लाहकार ,श्रीमती मीना सेवा- सह संयोजिका, सी बी छेत्री – कोषाध्यक्ष सहयोगी हातको रूपमा सामेल थिए।










