शब्द समयको १३८औँ प्रकरण सम्पन्न

IMG-20250127-WA0158

खरसाङ: मासिक रुपमा आयोजना गरिने शब्द समयको १३८औं प्रकरण सालबारी बजारस्थित सयपत्री सङ्घको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रमको शुभारम्भ समसामयिक साहित्यिक विषयमाथि डा. सञ्जय बान्तवाको वक्तव्यद्वारा भयो। त्यसपछि आगामी १४०औँ प्रकरणमा सम्पन्न हुन गइरहेको कथा-सङ्गोष्ठीमाथि कुराचर्चा र छलफल भयो। रचनापाठको क्रममा मिलन रुचालले एउटा हिन्दी कविता सुनाउनका साथै केही अध्यात्मिक कुरामाथि छोटो वक्तव्य राखे। मोहन ठकुरी, स्नेहलता राई, डा. हेमन्त काफ्ले, मोनिका प्रधान, प्रदीप शेर्पा, क. महेश कुमार सुब्बा, पूर्ण मंगर, बिर्ख खड्क डुवेर्सलीले आआफ्नो कविता पाठ गरेर सुनाए भने सुभाष छेत्री, कविता भट्टराई अधिकारी, पासाङ नर्बु लामाले लघुकथा पाठ गरेर सुनाए। फेरि लीलबहादुर सुनार, जगत भण्डारीले मुक्तक सुनाए। मणिकुमार प्रधानले सम्वादकथा सुनाए भने जीत सुनारले एउटा संस्मरण सुनाए। यसै क्रममा बद्री खरेलले सङ्गीतमाथ आफ्नो सङ्क्षिप्त वक्तव्य पनि राखे।
त्यसपछि केही दिन अघि दिवंगत भएका सालबारी निवासी उत्तम थापाको स्मरणमा एक मिनटको मौन धारण साथै शोकसभा राखियो। कार्यक्रममा डीएस बम्जन, टंक शर्मा, आईएन शर्मा, लक्ष्मी देवान पनि सभामा उपस्थित थिए। अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यपछि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन भएको घोषणा गरे भनी शब्द समय सालनारीको सदस्य जीत सुनारले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement