जलपाईगढी: गर्भवती महिलाको शान्तना रोयको मृत्युलाई लिएर निक्कै विवाद सृजना भएको छl उनको मृत्यु सलाइन र औषधिलगायतका चिकित्सा लापरवाहीका कारण भएको आरोप परिवार पक्षाले लगाएको छl चार दिन पछि शान्तना रोयको शव पोस्टमार्टम पछि आइतबार राति घर ल्याइयो। हिजो राति उनको शव बोआलमारीको नन्दनपुर आइपुग्दा गाउँभर शोक छायो। शव घर पुग्ने बित्तिकै परिवारका सदस्य र छिमेकीहरू रुवाबासीले समग्र क्षेत्रको वातावरण नै हृदय विदारक बन्यो।










