लामा गाउँ गोल्ड कपः प्लेईंग सेवेन (नेपाल) च्याम्पियन

IMG-20250127-WA0110

दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको त्तत्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा प्लेईंग सेवेन (नेपाल) च्याम्पियन भयो। आइतवार भएको फाइनल म्याचमा प्लेईंग सेवेन (नेपाल)-ले मानेभञ्ज्यांग फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। प्लेईंग सेवेन टीमका स्ट्राईकर मौसम राईले प्लेयर अव् द म्याच-को पुरस्कार जिते।

गत ४ जनवरीदेखि शुरु भएको यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement