गान्तोकः आज देन्ताम बजारस्थित महकुमा कार्यालयको प्राङ्गणमा क्षेत्र विधायक सुदेश कुमार सुब्बाको अध्यक्षतामा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको ४ फरवरी स्थापना दिवसलाई लिएर एक महत्वपूर्ण समन्वय सभा सम्पन्न भयो। कार्यक्रमलाई समष्टि अध्यक्ष दावा नर्बु शेर्पाले स्वागत मन्तव्यसँगै सभालाई आरम्भ गरेका थिए।
मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशानिर्देशमा यो वर्ष राज्यका ३२ वटै निर्वाचन क्षेत्रमा पार्टीले स्थापना दिवस भव्यताका साथमा पालन गर्न लागिरहेको छ। यसै विषयमा विधायक सुदेश कुमार सुब्बाले समन्वय सभालाई सम्बोधन गर्ने क्रममा देन्ताम बजार छेउ चिस प्लान परिसरमा यस बर्षको १३औं स्थापना दिवस कार्यक्रमको निम्ति स्थान चिन्हित गर्दै सबै नारी तथा युवा कार्यकर्ताहरू, जिल्ला पञ्चायत, वार्ड पञ्चायतमाझ अवगत गराउदै स्थापना दिवसलाई भव्य तुल्याउनुको निम्ति अह्वान साथै अन्य विविध विषयमाथि समन्वय सभामा छलफल गरे। सभामा जिल्ला पञ्चायत उपाध्यक्षा (गेजिङ जिल्ला) अनिता राई, एसकेएम पार्टी प्रवक्ता कृष्ण लेप्चा, समष्टि अध्यक्ष दावा नर्बु शेर्पा,युवा संयोजक राजमान गुरूङ, नारी संयोजिका माया फुरूम्बो, सम्पूर्ण जिल्ला पञ्चायत सदस्य सदस्याहरू, पञ्चायतगण, पूर्व विधायक दिपक गुरूङ, पूर्व अध्यक्ष जेबी तामलिङ, सल्लाहकार, बिरेन्द्र तामलिङ लगायत पार्टीका जिल्ला र समष्टिस्तरीय विभिन्न पदाधिकारीहरूको उपस्थितिमा रहेको थियो।









