अन्तर्राष्ट्रिय जैविक तथा कोदो व्यापार मेलामा सिक्किमको सक्रिय सहभागिता

IMG-20250126-WA0319

गेजिङ: कर्नाटकको बेंगलुरुस्थित त्रिपुरावासिनी, पैलेस ग्राउन्डमा जनवरी २३ देखि २५ सम्म आयोजित अन्तर्राष्ट्रिय जैविक तथा कोदो व्यापार मेलामा सिक्किम सरकारको कृषि विभागले सक्रिय सहभागिता जनाएको छ। कार्यक्रममा सिक्किमका डॉ. प्रताप सुब्बा, अतिरिक्त निर्देशक (एफ.सी. विभाग), सुरज छेत्री, कृषि उपनिर्देशक (गेजिङ जिल्ला), अमिम्शा सुब्बा, ए.डी.ओ. (सोरङ जिल्ला) र कृषि निरीक्षकहरू तथा प्रदर्शकहरूले सिक्किमको प्रतिनिधित्व गरेका थिए। जनवरी २३, २०२५ मा कर्नाटकका मुख्यमन्त्रीले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए। देशका विभिन्न राज्य साथै विदेशी प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा कर्नाटक सरकारका कृषि मन्त्रीले सिक्किमका डॉ. प्रताप सुब्बालगायत अन्य राज्य प्रमुखहरूलाई योगदानका लागि सम्मान जनाइयो।
यस व्यापार मेलाको मुख्य विशेषताहरूमा २०० भन्दा बढी प्रदर्शक, जसमा जैविक कृषक, प्रोसेसर, निर्यातकर्ता, रिटेलर तथा उद्योग विशेषज्ञहरू समावेश थिए। १० भन्दा बढी देशका प्रतिनिधिमण्डलले जैविक तथा कोदो क्षेत्रका प्रगतिहरूबारे प्रदर्शन गरे।
परम्परागत कोदो जात: फिंगर कोदो, लिटिल कोदो, प्रोसो कोदो, बर्नयार्ड कोदो, र फक्सटेल कोदो प्रदर्सन साथै
धानका परम्परागत ३४ प्रजाति। फापरका ३ जातः तेलहन र दलहनका १४ प्रजाति आदि थियो।


सिक्किमका कृषि उद्यमीहरूद्वारा उत्पादन गरिएका मूल्यवर्धित कोदो उत्पादन पनि रहेको थियो। कार्यशाला र सेमिनारमा सरकारी अधिकारी, शिक्षाविद्, विद्यार्थी, किसान, र गैरसरकारी संस्थाहरूको सहभागीता रहेको कार्यक्रममा व्यवसाय अवसर बी२बी(B2B- व्यवसाय-व्यवसाय) र बी२सी(B2C- व्यवसाय-उपभाेक्ता) बैठकहरूमार्फत नेटवर्किङ र बजार पहुँच पुर्याउने मुख्य उदेश्य रहेको थियो। छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement