सिलगढी: गणतन्त्र दिवसको अवसरमा जलपाईमोड व्यवसाय समितिद्वारा कम्बल वितरण गरिएको थियो। कार्यक्रममा ग्रेटर सिलिगुडी रिटेल बिजनेसमेन एसोसिएसनका महासचिव विप्लव राय मुहुरी, जलपाईमोड बिजनेसमेन एसोसिएसनका सचिव बापी भट्टाचार्य आदि उपस्थिति थिए। आजको यस कार्यक्रममा लगभग एक सय कम्बल वितरण गरियो।जलपाईमोड व्यवसायी समितिका सचिव बापी भट्टाचार्यले जनवरी २६ को अवसरमा सबैभन्दा पहिले झण्डा फहराइए। पछि असहाय गरीब मानिसहरूलाई कम्बल वितरण गरियो। जलपाईमोड व्यवसायी समितिले समय-समयमा समाज कल्याण कार्य गर्दछ। आगामी दिनमा पनि विभिन्न कार्यक्रम आयोजना गरिने उनले बताए।