गर्भवती महिलाको शवको पोस्टमार्टममा ढिलाइ भएको भन्दै सीपीएमद्वारा एनबीएमसीमा विरोध प्रदर्शन

IMG-20250126-WA0251

 सिलगढी: गर्भवती महिलाको शवको पोस्टमार्टममा ढिलाइ भएको विरोधमा आज सीपीएम नेता तथा कार्यकर्ताहरूले एनबीएमसी शवगृहमा पुलिसलाई घेरेर विरोध प्रदर्शन गरे। सलाइनको केसमा मिर्गौला फेल भएर मृत्यु भएकी गर्भवती महिला सन्ताना रोयको शवको पोस्टमार्टममा ढिलाइ भएको भन्दै सीपीएम नेताहरूको टोली उत्तर बङ्गाल मेडिकल कलेजको शवगृहमा पुगेको छ। विभिन्न बहाना देखाउँदै विगत दुई दिनदेखि पोस्टमार्टम ढिलाइ भइरहेको बताइएको छ। यो खबर पाउने बित्तिकै, सीपीएम जिल्ला सचिव पियुष मिश्र जलपाईगढीबाट एक टोली लिएर उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पुगे। उहाँसँगै सीपीएम दार्जीलिङ जिल्ला कमिटी सदस्य गौतम घोष पनि थिए। पोस्टमार्टममा ढिलाइ भएको कारण आज शवगृहमा पुलिसलाई गरेर विरोध प्रदर्शन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement