तीनधारेमा भईरहेको नगदराशि क्रिकेट टुर्नामेन्टमा घैयाबारी र मिरिक बिजय

IMG-20250126-WA0286

खरसाङ: तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको नगदराशि क्रिकेट टुर्नामेन्ट अन्तर्गत आईतबार भएको दुईवटा खेलमा घैयाबारी र मिरिक बिजय बनेको छ। आईतबारदेखि दोस्रो चरणको खेल शुरु भएको छ। दोस्रो चरणको पहिलो खेल सिविटार युनाइटेड र घैयाबारीमाझ सम्पन्न भएको थियो। यस खेलमा टस जितेर सिविटारले पहिला फिल्डिङ रोजेपछि घैयाबारीले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८० रन बनाएका थिए‌। घैयाबारीको पक्षबाट सन्दीप छेत्रीले‌ सर्वाधिक २७ रन बनाएका थिए‌ भने सिविटारको लागि अभिषेक गोयल र सत्यव्रत राजपुतले ३-३ विकेट लिएका थिए। ८१ रनको लक्ष्यलाई खेदो गर्दै सिविटार युनाइटेडले १५ ओभरमा सबै विकेट गुमाएर केवल ५३ रन बनाएको थियो। सिविटारको लागि सत्यब्रतले १० र अभिषेकले ९ रन बनाएका थिए‌। यस खेलमा म्यान अफ् द म्याच घैयाबारीको आकाश छेत्री चयन भएका छन्।‌ दोस्रो खेलमा कोपरा इलेभेनले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर केवल ५१ रन मात्र बनाएका थिए‌। मिरिकले ५२ रनको लक्ष्यलाई खेदो गर्दै ७ ओभर ३ बलमा ५२ रन बनाएर म्याज सजिलै जितेको छ।

यस खेलमा म्यान अफ् द म्याच मिरिकको खेलाडी विवेक चयन भएका छन्। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सचिन रिजालले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement