ट्रिनिटि इन्स्टिच्युटमा फेयरवेल कार्यक्रम समपन्न

IMG-20250126-WA0269

गोरुबथान (महेश्वर प्रधान): गोरुबथान सोमबारे बजारमा स्थित शैक्षिक संस्थान ट्रिनिटी इन्स्टिच्युटले चालक महासंघको प्रेक्षालयमा आज गणतन्त्र दिवस तथा ट्रिनिटि इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीगणलाई फेयरवेल गरियो।आजको यस कार्यक्रममा मुख्य अतिथी निमा तामाङ पन्चायत प्रधान जि पि १ थिए भने अन्यअतिथीहरुमा क्रमैसँग काशीराम प्रधान ४३ नम्बर समष्टि सचिव, सरोज विश्व पन्चायत सदस्य, उदय प्रधान जिल्ला उप सभापति, दिपेस छेत्री टाउन कमिटि सभापति अजय माहोर आइटिएम युनिभर्सिटी ग्वालियर, सत्यम शाह आइटिएम युनिभर्सिटी सिलगढी शाखा रहेका थिए।मुख्य अतिथी निमा तामाङले राष्ट्रिय ध्वज उत्तोलन गरेर शुरु गरिएको कार्यक्रममा स्वागत भाषण शिक्षक महेश्वर प्रधानले राखेका थिए। गणतन्त्र दिवस समबन्धि धेरै जानकारीमूल वक्तव्य कोचिङ सेन्टरका नानीहरुले राखेका थिए। कोचिङ सेन्टरमा अध्ययनरत विद्यार्थीले सुन्दर नृत्यहरु पनि पेश गरेका थिए।

ग्वालियरबाट आएका अतिथी अजय मोहरले आइटिएम युनिभर्सिटीमा कसरी उच्च शिक्षा लिन सकिन्छ कुन कुन विधामा शिक्षा लिन सकिन्छ भन्ने विषयमा जानकारी गराए।गोरुबथानको क्षेत्रबाट पनि नानीहरुले सहज रुपमा यस युनिभर्सिटीमा शिक्षा ग्रहण गर्न सक्ने कुरो बताए।ट्रिनिटि इन्स्टिच्युटको तर्फबाट अतुल प्रधानले आफ्नो विचार राखे।विगत वर्षमा यसै इन्स्टिच्युटको विद्यार्थीहरुले धेरै राम्रो परीक्षाफल निकालेको थिए।प्रतिक सुब्बाले गोरुबथान ब्लक टपर गरेको र यस वर्ष पनि धेरै विद्यार्थीहरुमा आशालाग्दो स्थिति रहेको पनि बताए।अतिथीको तर्फबाट काशीराम प्रधान, सरोज विश्वकर्माले पनि सम्बोधन गरेका थिए। मुख्य अतिथी निमा तामाङले नानीहरुलाई बाल विवाहबारे बताए। विद्यार्थीहरुले यस इन्स्टिच्युटमा पडेर राम्रो परिक्षाफल ल्याएर भविष्यमा उच्चाधिकारी बन्ने सल्लाह पनि दिए।ट्रिनिटि इन्स्टिच्युटले धेरै राम्रो शैक्षिक क्षेत्रमा विकास गरिरहेको र आफुहरुले सक्दो सहयोग गरिदिने प्रतिबद्धता पनि जाहेर गरे।

कार्यक्रमको अन्तमा शिक्षक महेश्वर प्रधानले धन्यवाद ज्ञापन गरेका थिए। सम्पुर्ण कार्यक्रम विद्यार्थीहरु क्रमैले उपासना थापा, पियुस ऊराव, जिया विश्वकर्मा, प्रतिक राई आदिले सन्चालन गरेका थिए। ट्रिनिटि इन्स्टिच्युटको शिक्षक कपिल विश्वले मीठो नेपाली गीत सुनाएर मन्तमुग्ध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement