दाङ: दाङको तुलसीपुरस्थित एक बैंकको शाखा कार्यालयमा चोरी गर्न छिरेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १८ दुधरासका २७ वर्षीय सन्तोष चौधरी छन्।
उनलाई आइतबार बिहान २ तुलसीपुर उपमहानगरपालिका-५ बिपी चोकस्थित एनएमबी बैंकभित्रबाट पक्राउ गरिएको तुलसीपुर प्रहरीले जनाएको छ।
एक व्यक्ति मध्यरातमा बैंकमा प्रवेश गरेको भन्ने सूचनापश्चात इलाका प्रहरी कार्यालय तुलसीपुरबाट इन्स्पेक्टर विनोद खत्री नेतृत्वको टोली एनएमबी बैंकको कार्यालय रहेको स्थानमा पुगेको थियो।











