दमक: झापाको दमकमा ७ जना जुवाडे पक्राउ परेका छन्।
हिजो मध्यरातमा दमक-१० सेतुमारीस्थित खेतमा टिनको छानो भएको वरिपरि घेराबारा नभएको खुला गोठमा जुवा खेलिरहेका अबस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-९ का चारजना, दमक १० का दुईजना र काठमाण्डौका एकजना रहेका छन्।
उनीहरुको साथबाट १६ थान कौडा र नगद १ लाख ७६ हजार ४९० रुपैयाँ बरामद भएको छ। उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।










