मालदा: देशका अन्य भागहरूसँगै आज मालदामा पनि ७६औं गणतन्त्र दिवस मनाइयो। मालदा जिल्ला खेलकुद संघ रंगशालामा भएको मुख्य सरकारी समारोहमा जिल्ला मजिस्ट्रेट नितिन सिंघानियाले राष्ट्रिय झण्डा फहराएका थिए। यसपछि सामूहिक परेड आयोजना गरियो। जिल्ला मजिस्ट्रेट र पुलिस उपरीक्षकले परेडको सलामी ग्रहण गरे। आज मार्च पासमा विभिन्न प्रहरी बल, स्कूल र कलेजका विद्यार्थीहरू र विभिन्न सरकारी विभागहरूले भाग लिए। यस विशेष समारोहमा विभिन्न विषयहरूमा रोचक झाँकीहरू प्रस्तुत गरिएको थियो। यो कार्यक्रम हेर्न मालदा रंगशालामा ठूलो संख्यामा सर्वसाधारण पनि भेला भएका थिए।











