अछाम: अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि बेपत्ता रहेका ढकारी गाउँपालिका-८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन्।
उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा मृत फेला परेको प्रहरीले जनाएको छ। ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए।
शुक्रबार अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरु खोजीमा जुटेका थिए। सोही क्रममा शनिबार साँझ उनीहरु भुइँमा लडिरहेको अवस्थामा फेला परेका हुन्।
थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ।