रेलिंग च्याम्पियन्स ट्रफीःलंगुरदांग गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए) च्याम्पियन

IMG-20250125-WA0230

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा लंगुरदांग गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए) च्याम्पियन भयो। शनिवार भएको फाइनल म्याचमा एलजीएसए ले जर्जियन फूटबल क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट करण राईले गोल गरे। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।


संक्षिप्तमाः
च्याम्पियनः लंगुरदांग गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)
रनरअपः जर्जियन फूटबल क्लब
प्लेयर अव् द म्याचः आकाश सुन्दास (जर्जियन फूटबल क्लब)
प्लेयर अव् द टुर्नामेण्टः किरण गुरुङ (जर्जियन फूटबल क्लब)
हाईएस्ट स्कोररः कुञ्जमान थापा (जर्जियन फूटबल क्लब)
बेस्ट गोलकीपरः निगम सिंह (एलजीएसए)
फेयर प्लेः प्लेईंग सेवेन (नेपाल)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement