ब्राउन सुगरसहित एक युवक खोरीबारीमा पुलिस द्वारा पक्राउ

Capture2-14

खोरीबारी: खोरीबारी थानाका पुलिसले ब्राउन सुगरसितै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ गरिएको सो व्यक्तिको नाम रतन सरकार हुन्। उनी २४ वर्षमात्र पुगेका छन्।उनी विधाननगरको मिलनपल्ली क्षेत्रका बासिन्दा हुन्।शुक्रबार राति खोरीबारीको बतासी स्वास्थ्य केन्द्रसँगैको क्षेत्रमा एक युवक घुमिरहेको खबर पाएपछि पुलिसले ती युवालाई नियन्त्रणमा लिएको थियो।खोजतलास गर्दा सो युवकबाट १०४ ग्राम ब्राउन सुगर बरामद भयो।स्रोतका अनुसार बरामद गरिएको लागूऔषधको बजार मूल्य करिब लाख रुपियाँ पर्छ। आज आरोपीलाई सिलगढी मजिस्ट्रेट अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement