जोरथाङ: गत २३ जनवरीदेखि जोरथाङमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ। ९औं जोरथाङ ब्याडमिन्टन खुल्ला प्रतियोगितामा कुल ३८९ जनाले सहभागिता जनाएर अहिलेसम्मको रेकर्ड तोडेको छ। जोरथटङ ब्याडमिन्टन प्रतियोगितामा सिक्किम लगायत नेपाल, आसम, दार्जिलिङ, कालेबुङ र खरसाङका खेलाडीहरूले भाग लिएका छन्।यस प्रतियोगिताको फाइनल २६ जनवरीको दिन सम्पन्न हुनेछ।यस प्रतियोगितामा २२१ जना अण्डर ११ र अण्डर १९ वर्गका खेलाडीहरू रहेका छन् भने ३५ वर्षभन्दा माथि र ५० वर्षभन्दा माथि उमेर वर्गका भेटरन खेलाडीहरूले पनि सहभागिता जनाएका छन्। यस प्रतियोगिताको निम्ति कुल पुरस्कार राशि २.५ लाख रूपियाँ रहेको छ भने विजेता र उपविजेताहहरूलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ।टुर्नामेन्टको दोस्रो दिन विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथिको रूपमा सहभागी बनिन्। आयोजक संस्थाले सबै ब्याडमिन्टन प्रेमीहरूलाई रोमाञ्चक खेलहरूको आनन्द उठाउन जोरथाङ आउन आमन्त्रित गरेको छ।