निर्वाचन प्रक्रियामा सक्रिय रूपमा भाग लिइदिन् मुख्यमन्त्रीकाे आह्वान

IMG-20240924-WA0304

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तमांगले राष्ट्रिय मतदाता दिवसको अवसरमा सबै नागरिकहरू युवाहरूलाई, निर्वाचन प्रक्रियामा सक्रिय रूपमा भाग लिने अनुरोध गरेका छन्। आफ्नो मतदानको माध्यमद्वारा आफ्नो आवाज बुलन्द गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्रीले आज सोशियल साइट फेसबुक पोस्टमा लेखेका छन्, ‘लोकतन्त्रको मेरुदण्डको रूपमा मतदानले व्यक्तिहरूलाई सक्षम नेताहरू छनौट गरेर राष्ट्रको भविष्यलाई आकार दिन सशक्त बनाउँछ। यो संवैधानिक विशेषाधिकारलाई जिम्मेवारी र सावधानीपूर्वक कायम राख्नु र प्रयोग गर्नु आवश्यक छ। ‘मलाई विश्वास छ कि युवा पुस्ताले हाम्रो लोकतन्त्रमा यो महत्त्वपूर्ण भूमिकालाई अँगाल्नेछन्, प्रगतिलाई बढावा दिनेछन् र हाम्रो राज्य र देश दुवैको विकास र कल्याणमा योगदान पुर्‍याउनेछन्।’

About Author

Advertisement