एसकेएम प्रतिनिधिहरूले जनाए राष्ट्रीय मतादाता दिवस कार्यक्रममा सहभागिता

IMG-20250125-WA0212

गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मूको अध्यक्षतामा आज नयाँ दिल्लीको मानेकश केन्द्रमा आयोजित १५औं राष्ट्रीय मतदाता दिवस कार्यक्रममा राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाका दुईजना प्रतिनिधि, प्रवक्ता विकास बस्नेत र महासचिव (मुख्यालय) पवन गुरुङले सहभागिता जनाए। कार्यक्रममा भारत सरकारका कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवाल र मुख्य चुनाउ आयुक्त राजीव कुमार साथै अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
एसकेएम पार्टीले जानकारी गराएअनुसार भारतका मुख्य चुनाउ आयुक्तद्वारा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई निमन्त्रणा भएपछि विकास बस्नेत र पवन गुरुङले कार्यक्रममा सहभागिता जनाएका हुन्। उल्लेखनीय छ, यस वर्ष भारतको निर्वाचन आयोगको स्थापनाको ७५औं वर्षगाँठ पनि हो।


आजको कार्यक्रममा राष्ट्रपति दौपदी मूर्मुको बाहुलीबाट विभिन्न पुरस्कार पनि प्रदान गरियो। कार्यक्रमको समापन पछि एसकेएम पार्टीका प्रतिनिधिहरूले भारतका मुख्य चुनाउ आयुक्त राजीव कुमारलाई भेटेर सिक्किम राज्य अनि सम्पूर्ण राज्यवासी र एसकेएम पार्टीको पक्षमा वर्ष २०२४ को आम चुनाउ सफलतापूर्वक सम्पन्न गरिएकोमा बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement