जापान जानअघि डा. खमदाकको मुख्यमन्त्रीसित भेट

IMG-20250125-WA0215

गान्तोक: डा. बुद्धि एल खामदाकले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले जापानको शैक्षिक यात्राको तयारीमा जुटेका खाम्दाकलाई शुभकामना साथै बधाइ दिएका छन्। लिम्बू मुन्धुम र संस्कारका प्रख्यात विज्ञ डा. खामदकलाई टोकियोको प्रतिष्ठित नाकामुरा हाजिमे पूर्वी संस्थान र कोकुगाकुइन विश्वविद्यालयमा व्याख्यानको निम्ति आमन्त्रित गरिएको छ। लिम्बू समुदायको एक महत्वपूर्ण मौखिक परम्परा लिम्बू मुन्धुमको अध्ययन, वर्गीकरण र व्याख्या गर्ने उनको कामले व्यापक प्रशंसा प्राप्त गरेको छ। लिम्बू संस्कृति, भाषा, साहित्य र राजनीतिमा विषयहरू समेट्ने १४ भन्दा बढी प्रकाशित पुस्तकहरूसहित, डा. खामदुकले आफ्नो समुदायको सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनको विशेषज्ञताले अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गरेको छ जसको करण उनले विश्वव्यापी मञ्चहरूमा भारतको प्रतिनिधित्व गरिसकेका छन् भने वर्ष २०१९ मा भियना विश्वविद्यालयमा भ्रमण व्याख्याताको रूपमा सेवा पुऱ्याएका थिए। उल्लेखनीय छ, डा. खाम्दक सिक्किमका पहिलो लिम्बू विद्वान हुन् जसलाई जापान र यूरोका प्रतिष्ठित शैक्षिक फेलोशिपमा आमन्त्रित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement