खरसाङ: तीनधारेको सत्र माइलका युवाहरुको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको नगदराशि क्रिकेट टुर्नामेन्टमा आज दुईवटा खेलहरु सम्पन्न भएको छ। पहिलो खेल घैयाबारी र चुनभट्टीमाझ सम्पन्न भएको छ। यस खेलमा घैयाबारीले टस जितेर पहिला ब्याटिङ गर्दै ११ ओभर ३ बलमा सबै विकेट गुमाएर ६३ रन बनाएको थियो। ६४ रनको लक्ष्यलाई खेदो गर्दै चुनभट्टीको सबै खेलाडीहरु ८ ओभर ४ बलमा केवल ३५ रन मात्र बनाएर अल आउट भएको थियो। चुनभट्टीको कुनै पनि ब्याटर नचलेपछि हारको सामना गर्नु परेको थियो। यस खेलमा घैयाबारीको अनित प्रधान म्यान अफ् द म्याच चयन भएका छन्। आजको दोस्रो खेल बीजेडी लिजेन्ट सिलगढी र बीडीओ खरसाङमाझ सम्पन्न भएको थियो। यस खेलमा सिलगढीले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा १४४ रन बनाएको थियो। जवाबमा बीडीओ खरसाङले सबै सबै विकेट गुमाएर ९७ रन मात्रै बनाउन सकेको थियो। यस खेलमा बीजेडी लिजेन्ट सिलगढीबाट ८२ रन बनाउने खेलाडी शुभंकर गुप्ता म्यान अफ् द म्याच चयन भएका छन्। अब भोलि पनि दुईवटा खेल हुने भएको छ। पहिलो खेल सिविटार युनाइटेड र घैयाबारीमाझ अनि अर्को खेल कोपरा इलेभेन तीनधारे र मिरिकमाझ सम्पन्न हुने भएको जानकारी प्राप्त भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सचिन रिजालले विस्तृत रुपमा जानकारी गराएका छन्।