दुई नम्बर बस्तीस्थित जनकल्याण संगठनको रजत जयन्ती समारोह सम्पन्न

IMG-20250125-WA0203

खरसाङ: तीनधारेदेखि केही मुनि रहेको दुई नम्बर बस्तीस्थित जनकल्याण संगठन २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती समारोह सम्पन्न भएको छ।‌ उक्त कार्यक्रममा‌ मुख्य अतिथिको रुपमा स्थानीय वरिष्ठ नारी व्यक्तित्व सरिता लामा उपस्थित थिइन्। कार्यक्रमलाई काजीमान सुब्बाले सञ्चालन गरेका थिए भने कार्यक्रममा जनकल्याण संगठनको सभापति युवराज थापा र सचिव हेम सुब्बा पनि उपस्थित रहेका थिए। कार्यक्रममा नानीहरुले नृत्य प्रस्तुत गरेका थिए भने कविताहरु पनि पठन गरिएको थियो। यसै कार्यक्रममा समाजलाई गौरवान्वित बनाउने दुईजनालाई सम्मान पनि गरिएको थियो। यस अवसरमा शिक्षा क्षेत्रमा असल अंक ल्याएर उत्तीर्ण जुली लाभर र खेलकूदमा‌ समाजलाई गौरवान्वित बनाउने फुटबल खेलाडी गणेश लिम्बुलाई समाजको तर्फबाट सम्मान जनाइएको थियो।‌ यस अवसरमा दुवैलाई साथै नृत्य प्रस्तुत गर्ने नानीहरु र कविता वाचन गर्नेहरुलाई पनि मुख्य अतिथिको बाहुलीबाट सम्मान जनाइएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुले‌ वक्तव्य पनि राखेका थिए भनी जनकल्याण संगठनको मुख्य सल्लाहकार ज्योति भट्टराईले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement