खरसाङ वाइट अर्किड फेस्टिभलमा बेबी शो कार्यक्रम बन्यो आकर्षणको केन्द्रविन्दु

IMG-20250125-WA0201

खरसाङ: खरसाङ वाइट अर्किड फेस्टिभलको दोस्रो दिन बेबी शो कार्यक्रम पनि आयोजना गरिएको छ।‌ विशेष गरेर ३ देखि ५ वर्षसम्मका जम्मा २० जना नानीहरुले‌यस बेबी शो कार्यक्रममा सहभागिता जनाएका थिए। यस बेबी कार्यक्रमलाई सिल्भेष्टर लेप्चा र सबिता छेत्रीको संयोजकत्वमा सम्पन्न गरिएको थियो। यस बेबी शो कार्यक्रममा निर्णायकगणमा‌ साङमो ब्लोन थापा र जेनिफर जर्ज उपस्थित रहेका थिए। साना। साना नानीहरुलाई प्रोत्साहन गर्नलाई यस बेबी शो कार्यक्रमलाई प्रतियोगिताको रुपमा राखिएको थियो। यस बेबी शो कार्यक्रममा प्रथम सुवासना तामाङ, दोस्रो प्रदक्षणाश्री छेत्री र तेस्रो अभिनव लामा भएका छन्। यसबाहेक पनि विभिन्न पाँचवटा क्याटोगरीमा पनि नानीहरुलाई पुरस्कृत गरिएको थियो। ती पाँचवटा क्याटोगरीमा बेस्ट स्माइलमा अधवेद शर्मा, बेस्ट ड्रेसमा सियाना मुखिया, बेस्ट बेहेभियरना याङ्जु यल्मो, मस्ट कन्फिडेन्टमा इम्मानुएल तामाङ, मस्ट फ्रेण्डलीमा अधविका तामाङ चयन भएका छन्। यी सबैलाई अतिथिहरुका‌ बाहुलीबाट पारितोषिक वितरण गरिएको छ।‌ यसको साथै बेबी शो कार्यक्रममा सहभागी सबै नानीहरुलाई पनि पारितोषिक प्रदान गरिएको जानकारी प्राप्त भएको छ। यस बेबी शो कार्यक्रममा सहभागी नानीहरुलाई सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामा आदिको बाहुलीबाट पारितोषिक वितरण गरिएको थियो।

यस खरसाङ वाइट अर्किड फेस्टिभलमा आयोजित बेबी शो कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सिल्भेष्टर लेप्चा र सबिता छेत्रीले सहभागी सबै नानीहरु साथै नानीहरुका अभिभावकगणमा आभार प्रकट गरेका छन्। दुवैले खरसाङमा‌ भईरहेको तीन दिवसीय वाइट अर्किड फेस्टिभलको दोस्रो दिन बेबी शो कार्यक्रम पनि आयोजना गरिएको र यस कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद दिएका छन्।‌ दुवैले‌ कार्यक्रम सफल बनेको बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement