खरसाङ: खरसाङ पुलिस थाना अन्तर्गत गाडीधुरा पुलिस आउट पोष्टको ओसी सञ्जीव दत्तको अगुवाईमा खरसाङको रोहिणी गेट क्षेत्रमा मदपान गरेर गाडी कुदाउनेहरु विरुद्धमा चेक गरिएको जानकारी प्राप्त भएको छ। यसावधि उनले सबै चालकहरुलाई अपिल गरेका छन् कि खरसाङको दुधे क्षेत्रमा पिकनिक पार्टीहरुलाई लिएर आउने चालकहरुलाई मदपान नगरिदिने अनुरोध गरेका छन्। उनले पुलिस चेकको समय कुनै पनि चालकले मदपान गरेको पाइएको खण्डमा कानुनी कार्वाही गरिने जानकारी गराएका छन्। उनले चालकहरु सबैलाई ट्राफिक नियम पालन गरेर गाडी कुदाई दिने अनुरोध गरेका छन्।