दार्जिलिङका व्यवसायी तथा समाजसेवी दावा साङ्गे शेर्पालाई रेलिङ युनाइटेड एसोसिएसनद्वारा नागरिक अभिनन्दन

IMG-20250125-WA0195

दार्जिलिङ: दार्जिलिङका व्यवसायिक टाइकुन तथा समाजसेवी दावा साङ्गे शेर्पालाई रेलिङ युनाइटेड एसोसिएसनद्वारा नागरिक अभिनन्दन गरिएको छ।‌ रेलिङ युनाइटेड एसोसिएसनले दार्जिलिङ पहाडका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी दावा साङ्गे शेर्पालाई नागरिक अभिनन्दन गर्दै उनको असाधारण व्यावसायिक योगदान र समाजप्रतिको समर्पणलाई सम्मान जनाएको छ। उद्योग, परोपकार र नेतृत्वको क्षेत्रमा आफ्नो अद्वितीय पहिचान बनाएका शेर्पाले उत्तर बङ्गालको सबभन्दा ठूलो “साङ्गग्रीला” स्थापना गरेर न केवल आफ्नो व्यवसायलाई उचाईमा पुर्‍याएका छन् तर हजारौं व्यक्तिलाई रोजगारीको अवसर प्रदान गरी गोर्खा समुदायको आर्थिक तथा सामाजिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका‌ छन्। कार्यक्रममा बोल्दै, रेलिङ युनाइटेड एसोसिएसनका प्रतिनिधिहरूले भने, “ शेर्पाको दूरदृष्टि, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वले दार्जिलिङ क्षेत्रको आर्थिक र सामाजिक प्रगतिमा अद्वितीय योगदान पुर्‍याएको छ। उनले देखाएको परोपकारी भावना र समाजको समग्र विकासप्रतिको प्रतिबद्धता हामी सबैका लागि प्रेरणाको स्रोत हो।”
उक्त अभिनन्दन समारोहमा क्षेत्रीय समुदायका अग्रज, बुद्धिजीवी र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा शेर्पाले आफ्नो सम्बोधनमा यो सम्मान प्राप्त गर्दा अत्यन्त भावुक र प्रेरित भएको बताएका छन्। उनले भने, “मेरो प्रयास दार्जिलिङ र यस क्षेत्रका जनताको सेवामा समर्पित छ। यस सम्मानले मलाई आगामी दिनमा अझ प्रभावकारी काम गर्न प्रोत्साहन दिनेछ।”
रेलिङ युनाइटेड एसोसिएसनले शेर्पाको भविष्यका योजनाहरू सफल र उदाहरणीय बनून् भन्ने कामना गर्दै उनको सुस्वास्थ्य र दीर्घायुको शुभेच्छा व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement