खरसाङ: पहाड़ तराई ख्रीष्टीयन वेलफेयर एसोसिएशन केन्द्रीय समितिको सभा बिजनबारी बजारस्थित एउटा होटलमा स्थानीय पुल, बिजनबारी क्षेत्रमा पुस्तौँदेखि बसोबासो गरिरहेका मुसलमान अल्पसंख्यक समुदायका अग्रज व्यक्तिहरूसँग सम्पन्न भएको छ। सभामा समुदायको पक्षबाट बिजनबारी क्षेत्रमा प्रायः डेढ सय मुसलमान परिवारहरु बसोबासो गरिरहेको साथै राज्य सरकारद्वारा माइनोरीटी बोर्डमार्फत कयौँ सहुलियतहरु प्रदान गरिएको सुनिए तापनि जमिनी स्तरमा भने केही नभएको जान्नमा आएको जानकारी संगठनको पक्षबाट दिइएको छ। यस सभामा स्थानीय मानिसहरूले हाम्रो लागि बोली दिने अनि हाम्रो लागि केही गरिदिने कोही नभएको अहिलेसम्म दिने कुरा त होइन, जानकारीसम्म पाइन्थेन भनी बताए भने तर अब तिनीहरूले धेरै कुरा बुझेको औ सुनेको बताउँदै उपस्थित सम्पूर्ण टिमले पूर्ण रुपले जोइण्ट फोरम एवम् रेभरेन्ट रमेश गुरुङलाई साथ दिने बताए। जोइण्ट फोरम एवम् रेभरेन्ट गुरुङको भिजन जो चाहिँ आठैवटा कम्युनिटीलाई साथमा लिएर खुबै पारदर्शितासँग काम गर्ने साथै प्रत्येक समष्टिमा सरकारी सहुलियतदेखि वञ्चित रहेका अल्प संख्यक समुदायहरुको हित र अधिकारको निम्ति काम गर्ने भिजनलाई उपस्थित समूहले पूर्ण रुपले सहमति जनाए। सभामा “जोइन्ट फोरम पहाड़ तराई ख्रीष्टीयन वेलफेयर एसोसिएशनका सभापति रेभरेन्ट रमेश गुरुङ, मूल सचिव पास्टर अशिम राई, प्रवक्ता रेभ लोक विजय सुब्बा, उप सभापति जोहन राई, सल्लाहकार पास्टर एनोन् बर्देवा, जेसन बल, सरोज राई, रेभ फिलोमन बल, पास्टर डान्सिङ्ग, मोजेस थापा, सागर थापा आदिको उपस्थित रहेका थिए।