खरसाङ: लोक संगीतका प्रख्यात मादल वादक तथा यसै विषयमा शोध गरेका सरल अनि मिलनसार साथै पद्मश्री पुरस्कारले सम्मानित काजी सिहं (पोर्तेल) को निधनमा अनुसूचित जाति संयुक्त मञ्चले गहिरो शोक प्रकट गरेको मञ्चका मूल सचिव राजेश गजमेरले जनाएका छन्। तिनले गोर्खा जातिको एवम् सांस्कृतिक मादल वादकका अन्वेषक पद्मश्री काजी सिहंको निधनले गोर्खा जातिसँगै अनुसूचित जातिमा नै एउटा ठूलो क्षति भएको जनाएका छन्। स्वर्गीय सिंहले आफ्नो सांगीतिक जीवनयात्रामा मादलको परम्परागत शैलीलाई शास्त्रीय स्वरूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरे भन्दै
उनले मादल विषय धेरै पुस्तकहरु पनि लेखिसकेका छन् औ उनले हाम्रो जातिमा मादल प्रति आकर्षित गराउन र सिक्न धेरै काम गरेको बताएका छन्। स्वर्गीय सिंहको चिर आत्म शान्तिको कामना गर्दै मञ्चको पक्षबाट सपरिवारलाई यो बज्रघात सहन गर्ने शक्ति प्रदान गरून् भनी सम्वेदना प्रकट गरेको मञ्चका प्रचार प्रसार सचिव अविनाश मोथेले जानकारी दिएका छन्।