मालदा: गणतन्त्र दिवसको पूर्वसन्ध्याम, मालदा जिल्ला पुलिसले जिल्लामा शान्ति र व्यवस्था कायम राख्न नाका चेकिङ गरिरहेको छ। आज बिहानदेखि मालदा जिल्ला पुलिसले स्निफर कुकुरहरूको सहयोगमा धेरै स्थानहरूमा खोजी गरिरहेको छ। यसका साथै सरकारी तथा निजी बस स्टप, धेरै होटल र शपिङ मलहरूमा पनि खोजी कार्य भइरहेको छ। आज बिहानदेखि नै इङ्गलिस बजार पुलिस चौकी र बम डिस्पोजल स्क्वाडका अधिकारीहरूले शहरका धेरै ठाउँमा नाका चेकिङ र खोजी अभियान सञ्चालन गरिरहेका छन्।
