सिलगढी: नक्कली नियुक्ति पत्र र परिचयपत्र देखाएर नोकरी खोज्ने दुई जनालाई सिलगढी महानगरीय पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनाले नक्कली नियुक्ति पत्र र परिचयपत्र देखाएर बीएसएफ एसटीसी बैकुण्ठपुरमा जागिर पाउन खोजेको आरोप छ। बीएसएफको उजुरीको आधारमा भक्तिनगर पुलिसले दुवैलाई पक्राउ गरेको हो। सिलगढी महानगर पुलिसको भक्तिनगर पुलिस चौकीका पुलिस स्रोतका अनुसार पक्राउ परेकाहरूको नाम जितेन्द्र सिंह र रामु हुन्। पक्राउ परेका जितेन्द्र सिंह मध्य प्रदेशका बासिन्दा हुन् भने अनि रामु राजस्थानका हुन्। भक्तिनगर पुलिस चौकीको पुलिसले शनिबार पक्राउ परेका दुवै जनालाई जलपाईगढी अदालतमा पेश गर्यो।