भोजपुर: भोजपुरमा मादक पदार्थ सेवन गरी छोराले धारिलो हतियार देखाएर लखेटेपछि डरले बाबुआमा जंगलमा लुकेका छन्।
भोजपुर पौवादुङमा गाउँपालिका-१ लाकुरे बस्ने २९ वर्षीय नबिन राईले आज बिहान २ बजे मादक पदार्थ सेवन गरी आफ्ना बुबा ५० वर्षीय धर्मराज राई र आमालाई धारिलो हतियार कट्टी लिई घरबाट लखेटेका हुन्। छोराको डरले बाबुआमा दुवैजना लाकुरेस्थित गोपिनी जंगलमा लुकेर बसेका छन्।
छोराको डरले बाबुआमा जंगलमा लुकेर बसिरहेको भन्ने खबर टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा प्राप्त हुनसाथ प्रहरी टोली खटिएको थियो। प्रहरी पुग्नुअघि नै छोरा नबिन राई घरबाट फरार भएका छन्। त्यसपछि बिहान ४.१५ बजे बुबा र आमा घर फर्की आएको प्रहरीले जनाएको छ।









