गोरुबथानमा राष्ट्रिय साहित्यिक संगोष्ठी सम्पन्न

IMG-20250125-WA0105

गोरुबथान: साहित्य अकादमी, नयाँ दिल्ली अनि साझा साहित्य संरक्षण संस्था गोरुबथानको संयुक्त तत्वावधानमा शुक्रबार  ‘भारतीय नेपाली साहित्यको वर्तमान अवस्था’ विषयमाथि राष्ट्रिय संगोष्ठी सम्पन्न भयो। यहाँको सोमबारे बजारस्थित  सदभाव मण्डप हलमा सम्पन्न उक्त संगोष्ठी तीन चरणमा विभाजित थियो। उद्घाटन सत्रलाई वरिष्ठ कवि, समालोचक तथा उत्तर बङ्गाल विश्वविद्यालयका प्रोफेसर डा नरेशचन्द्र खातीले अध्यक्षता गरेका थिए भने यस सत्रमा नेपाली भाषा परामर्श समिति, साहित्य अकादमीका सदस्य सुवास सोताङले बीज भाषण र साझा साहित्य संरक्षण संस्थाका सचिव रुस्तम शर्माले उद्घाटन सम्बोधन गरेका थिए ।

त्यसरी नै समारोहको प्रथम सत्रलाई उत्तर बङ्गाल विश्वविद्यालयका प्रोफेसर डा कृष्णराज घतानीले अध्यक्षता गरेका थिए भने यस सत्रमा दार्जिलिङ सरकारी महाविद्यालयका डा सुरेन्द्र चामलिङले ‘भारतीय नेपाली चियाबारी साहित्य : एक अध्ययन’ विषयक कार्यपत्र प्रस्तुत गरे। स्मरणरहोस् डा चामलिङले आफ्नो पीएचडी चियाबारी साहित्यमाथि नै गरेका हुन्। तिनले आफ्नो कार्यपत्रमा चियाबारीमाथि रचिएका साहित्यिक रचनाहरूमाथि सबिस्तार चर्चा गरे। त्यसरी नै खरसाङ डिग्री कलेजका प्राध्यापक तथा वरिष्ठ समालोचक डा योगेश खातीले ‘भारतीय नेपाली गद्य साहित्यको वर्तमान अवस्था’ माथि आफ्नो कार्यपत्र पेश गरेका थिए। डा खातीले आफ्नो प्रस्तुतिमा कथा, उपन्यास, निबन्धलगायत गद्य साहित्यका अन्य विधाको वर्तमान स्थितिबारे प्रकाश पारे। यस सत्रका तेस्रो प्रस्तोताका रूपमा रहेका थिए समालोचक, अनुवादक तथा बाग्राकोट उच्चतर विद्यालयका शिक्षक डी  बी छेत्री। उनले ‘भारतीय नेपाली पर्यावरण साहित्य: एक अध्ययन’ विषयक कार्यपत्र प्रस्तुत गरे। तीनै कार्यपत्रमाथि अध्यक्षीय विचार राख्दै डा कृष्णराज घतानीले सबै कार्यपत्र श्रेष्ठ रहेको बताए। आयोजकले वक्ताहरूलाई कार्यपत्र वर्तमान अवस्था सान्दर्भिक दिएको पनि बताए।

यसरी नै दोस्रो सत्र तथा कार्यक्रमको अन्तिम सत्रलाई कालेबुङका प्रवीण साहित्यकार योगवीर शाक्यले अध्यक्षता गरेका थिए। यस सत्रमा वरिष्ठ नारी हस्ताक्षर मुन्नु गौतमले ‘भारतीय नेपाली साहित्यमा नारी लेखनको वर्तमान अवस्था’ विषयक आफ्नो वार्ता प्रस्तुत गरिन् भने समालोचक नवीन पौड्यालले ‘भारतीय नेपाली अनुवाद साहित्यको वर्तमान अवस्था’ बारे आफ्नो वार्ता प्रस्तुत गरे। त्यसरी नै गोरुबथान सरकारी महाविद्यालयका प्राध्यापक डा सोनाम शेर्पाले ‘भारतीय नेपाली बाल साहित्यको वर्तमान स्थिति’ माथि आफ्नो वार्ता प्रस्तुत गरेका थिए भने सन्त जर्ज स्कूल, पेदोङका शिक्षक तथा कवि, निबन्धकार भानु अधिकारीले ‘भारतीय नेपाली छन्द कविताको वर्तमान अवस्था’ माथि आफ्नो कार्यपत्र पेश गरेका थिए। संगोष्ठीमा वरिष्ठ कवि सतिश रसाइलीले एउटा कविता पाठ गरेका थिए भने विद्यार्थी सन्त फ्रान्सिस स्कूलकी छात्रा सोनिका घतानी र गोरुबथान हाई स्कूलकी छात्रा श्रेया तामाङले खुबै सुन्दर ढङ्गमा कवि पारिजात र कवि नवराज पराजुलीका कविताहरूमा आवृति प्रस्तुत गरेका थिए भने तेजेन्द्र गुरुङद्वारा सुन्दर गीत प्रस्तुत गरिएको थियो। सञ्जय प्रधानद्वारा संचालित संगोष्ठीमा गोरुबथान क्षेत्रका कार्यकारी सभासद रतन थापा, गोरुबथान पंचायत समिति सभापति सूर्यमणि राई, वरिष्ठ नागरिक विलियम फिपन, कवि गुमानसिंह राई, साहित्यकार सितम मोक्तान, कवि गोबिन्द परियार, युद्धवीर स्कूलका सह-प्रधानाध्यापक विशाल परियार शिशिरचन्द्र राई, पंचकुमार राई, अनुपा राई, करूणा छेत्री, नङ्सल लामा, अमिना राई, प्रितम चामलिङ, भक्तमणि राई, पुरण राई, पुरण मगर, कवि अशोक विश्व, डीबी सार्की, सुरेश चौधरी, कमल राणा, समिर राई शान्ति, विनोद लामा, राजेन ब्लोन, होमनाथ शर्मा, दीपक राई, भरत राई, विनोद मोक्तान, चन्द्र शर्मा, प्रशान्ति राई, नितु थापा, सुषमा राई, प्रकाश विप्लव, सुरज प्रधान, प्रेम मुखिया, ओमप्रकाश कार्की, अगम राई, डम्बर राई, प्रतिभा कार्की, तारा शर्मा, महेश्वर प्रधान, अरूण कुमार भुजेल, राजु मिजार, सुमन राई, विकास राई, रिकास तामाङलगायत साझा साहित्य संरक्षण संस्थाका कोषाध्यक्ष देवराज सुन्दास, विनोद पराजुली, भगत राई, सौराज राई, बबिता थापा आदिको विशेष उपस्थिति रहेको थियो। सहआयोजक साझा साहित्य संरक्षण संस्थाका अध्यक्ष तरूण राईले उपस्थित सबैप्रति आभार प्रकट गरे भने सम्पूर्ण अतिथिवर्गलाई आयोजक समितिको पक्षबाट सम्झनास्वरूप फूलका पौधा प्रदान गरिएको थियो| कार्यक्रम शुरु हुनभन्दाअघि बाहिरबाट आएका सम्पूर्ण अतिथिहरूलाई भर्खरै स्थापित गरिएको हायमनदास राई ‘किरात’ सालिक परिसरमा लगिएको थियो। किरात पार्कमा गएर अतिथिहरूले किरातको सालिकअघि शिर निहुराए, माल्यार्पण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement