दुबई: भारतीय पेस बलर जसप्रीत बुमराहको साथमा अलराउण्डर रविन्द्र जडेजा र युवा ओपनर यशस्वी जयसवाललाई २०२४-को निम्ति अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को सालको सर्वश्रेष्ठ टेस्ट टीममा स्थान प्राप्त भएको छ। शुक्रवार जारी सालको सर्वश्रेष्ठ टेस्ट टीममा ईंग्ल्याण्डका ४ जना खेलाड़ीको साथमा दिग्गज ब्याटर केन विलियम्सनसहित न्यूजील्याण्डका २ जना खेलाड़ीले स्थान पाएका छन्। प्याट कमिन्सलाई टीमको कप्तान बनाइएको छ, जो आईसीसीको यस अलस्टार टीममा स्थान बनाउने अष्ट्रेलियाका एकमात्र क्रिकेटर हुन्।
साल २०२४-को सर्वश्रेष्ठ टेस्ट टीम यसप्रकार छः
प्याट कमिन्स (कप्तान, अष्ट्रेलिया), यशस्वी जयसवाल (भारत), बेन डकेट (ईंग्ल्याण्ड), केन विलियम्सन (न्यूजील्याण्ड), जो रुट (ईंग्ल्याण्ड), ह्यारी ब्रूक (ईंग्ल्याण्ड), कामिन्दु मेण्डिस (श्रीलंका), जेमी स्मिथ (विकेटकीपर, ईंग्ल्याण्ड), रविन्द्र जडेजा (भारत), म्याट हेनरी (न्यूजील्याण्ड) र जसप्रीत बुमाह (भारत)।
यसरी २०२४-को निम्ति आईसीसीको सालको सर्वश्रेष्ठ वनडे टीममा चाहिँ भारतका कुनै क्रिकेटर छैनन्। सालको सर्वश्रेष्ठ वनडे टीममा श्रीलंकाका ४, पाकिस्तान र अफगानिस्तानका ३-३ तथा वेष्ट इण्डिजका एकजना खेलाड़ी सामेल छन्। श्रीलंकाका चरिथ असलांकालाई टीमको कप्तान बनाइएको छ। भारतले गत वर्ष केवल तीनवटा वनडे म्याच खेलेको थियो। श्रीलंकामा खेलिएको ३ वटा म्याचको वनडे सीरीजमा भारतले २ वटा म्याच हारेको थियो।
साल २०२४-को सर्वश्रेष्ठ वनडे टीम यसप्रकार छः
चरिथ असलांका (कप्तान, श्रीलंका), सईम अयूब (पाकिस्तान), रहमानुल्लाह गुरबाज (अफगानिस्तान), पथुम निसांका (श्रीलंका), कुसल मेण्डिस (विकेटकीपर, श्रीलंका), शेरफाने रदरफोर्ड (वेष्ट इण्डिज), अजमतुल्लाह उमरजई (अफगानिस्तान), वानिन्दु हसरंगा (श्रीलंका), शाहीन शाह अफरीदी (पाकिस्तान), हारिस रऊफ (पाकिस्तान) र एएम गजनफर (अफगानिस्तान)