गैरीबासमा काली मन्दिरमा मुख्यमन्त्रीले गरे पूजा अर्चना

n64904645717377425456597e0bb053249ee927619b823d315e99c58d17f8e6369f531f02d7c6eaf0ad62ed

गान्तोक: आज कालेबुङ जिल्लाको गैरीबासस्थित पवित्र काली मन्दिर पुगेर मुख्यमन्त्री प्रेमसिंह तामाङले पूजा अर्चना गरे। दलगाउॅंमा अखिल भारतीय तामाङ बौद्ध संघको ३७औं वार्षिक अधिवेशनमा सहभागी बन्न गएको अवसरमा मुख्यमन्त्री आज काली मन्दिर पुगेका थिए।
मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजको पोस्टमा माता कालीको दिव्य आशीर्वाद लिन कालेबुङ जिल्लाको गैरीबासमा रहेको पवित्र काली मन्दिरको भ्रमण गरेको बताएका छन्। उनले लेखेका छन्, ‘विगतमा, म विपक्षमा हुँदा यहाँ प्रार्थना गरेको थिएँ र आज म फेरि एक पटक फर्कन पाउँदा धेरै आभारी छु। मैले दिव्य आमाको चरणकमलमा सबै कुरा समर्पण गर्दै सिक्किम, हाम्रा जनता र सबै संवेदनशील प्राणीहरूको कल्याण, समृद्धि र खुशीको लागि विनम्रतापूर्वक प्रार्थना गरे।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement