अखिल भारतीय तामाङ बौद्ध संघको ३७औं वार्षिक अधिवेशनमा मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थिति

IMG-20250124-WA0254

गान्तोक: अखिल भारतीय तामाङ बौद्ध संघको तीन दिवसीय ३७औं वार्षिक अधिवेशन कालेबुङ जिल्ला अन्तर्गत दलगाउँ खेल मैदानमा सम्पन्न भयो। अधिवेशनको दोस्रो दिन सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। अखिल भारतीय तामाङ बौद्व संघ केन्द्रीय समितिका अध्यक्ष राजमान तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव नरेन्द्र कुमार मोक्तानले स्वागत सम्बोधन राख्दै बार्षिक अधिवेशन आयोजना गरिनुको औचित्यमाथि प्रकाश पारे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मुख्यमन्त्री प्रेमसिंह तामाङले आयोजक समिति एवं उपस्थित सबै आमन्त्रित अतिथिहरूप्रति सिक्किम राज्यको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै समारोहको सफल आयोजनको निम्ति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। आयोजक समितिको निम्तोलाई स्वीकारेर आफू लगायत सिक्किमबाट धेरै प्रतिनिधिहरू यो समारोहमा उपस्थित बनेको जनाउँदै तामाङ जातिको महान पर्व सोनाम ल्होछार एवं नयाँ वर्षको हार्दिक शुभकामना दिए। यस अघि पनि सिक्किमका विभिन्न गाउँबाट तामाङ समुदायका प्रतिनिधिहरूलाई समितिले निम्तो दिने गरेको उल्लेख गर्दै अखिल भारतीय तामाङ बौद्व संघको विगतका कार्यक्रमहरूमा पनि सहभागिता जनाएको अवगत जानकारी गराए। संघलाई ३७ बर्षको लामो समयसम्म यहाँ ल्याउनमा योगदान दिने समस्त सहयोगीहरूको स्मरण गर्दै मुख्यमन्त्रीले आज आफू केवल सिक्किमको मुख्यमन्त्री मात्र नभएर आफ्नै सन्तान भएको हैसियतमा आएको मन्त्व्य राख्दै आज आफूले प्राप्त गरेको सम्मानको निम्ति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे। हामी जहाँको भए पनि आफ्नो भाषा, साहित्य संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्ने आवश्यक्तामा जोर दिंदै मुख्यमन्त्रीले अब उसो यो संगठनलाई अघि बढाएर लानुपर्ने दायित्व युवावर्गको हातमा रहेको बताए। तामाङ जातिले जति पनि अवसर पाएका छन् त्यो जनजाति भएकोले सम्भव भएको मुख्यमन्त्रीले उल्लेख गरे। अखिल भारतीय तामाङ बौद्व संघमा योगदान पु-याउने समस्त सहयोगीहरूको योगदानको उल्लेख गर्दै संघको पहलमा तामाङ समुदायको रितीथिती , भेष भुषा, संस्कृति, परम्पराको संरक्षण हेतु कार्य हुँदै आएको बताए। हाम्रो चिन्हारी भनेको नै भाषा हो भन्दै मुख्यमन्त्रीले आफ्नो भाषालाई संरक्षण गर्नको निम्ति आफ्नो भाषा बोल्नुपर्ने युवा पिंढिलाई आवहान गरे। जातिलाई प्रोत्साहन गर्न आफू अराजनीतिकरूपमा कार्यक्रममा सहभागी बनेको उल्लेख गर्दै सबै जात जातिको कार्यक्रममा सहभागी बन्दै आईरहेको उल्लेख गरे।

जाति, भाषा र साहित्यलाई कुनै पनि सीमाले नरोक्ने मन्त्व्य राख्दै मुख्यमन्त्रीले सिक्किम राज्यमा आज सबै जात जातिले स्वतन्त्र रूपमा आफ्नो भेषभुषा लगाउन सक्ने र स्वतन्त्र रूपमा आ आफ्नो पर्व आयोजना गर्ने वातावरण सिर्जना भएको जानकारी गराए। आफ्नो पक्षबाट हुनसक्ने हरसम्भव सहयोगको निम्ति आफू सदैव तत्पर रहेको बताउँदै मुख्यमन्त्रीले आगामी ३० जनवरीको दिन सोनाम ल्होछार पर्व परेको र सबैले आ-आफ्नो घर घरमै बसेर यो पर्व मनाउन आवहान गरे। आफ्नो भाषालाई सिक्ने प्रयास गर्नुपर्ने आग्रह गर्दै मुख्यमन्त्रीले सिक्किममा तामाङ भाषालाई पढाउने धेरै शिक्षक शिक्षिकाहरू रहेको जनाउँदै उनीहरूबाट पनि भाषाको निम्ति सहयोग लिन सक्ने आवहान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement