उद्यमशिलताका विभिन्न योजनाबारे सचेतना कार्यक्रम

IMG-20250124-WA0250

सोरेङ: उद्यमशिलताको क्षेत्रमा युवाहरूका निम्ति केन्द्र अनि राज्य सरकारका विभिन्न योजनाहरू बारे सचेतना जगाउन स्थानीय रुरबन कन्फरेन्स हलमा आज एउटा कार्यक्रम आयोजना गरियो। राज्य सरकारको उद्योग एवं वाणिज्य विभागअधिनस्थ जिल्ला उद्योग केन्द्र, सोरेङले सिक्किम इन्सपायर कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा क्षेत्र विधायक आदित्य गोलेको विशेष उपस्थिति रहेको थियो। यसरी नै अतिरिक्त जिल्लापाल (विकास) गायस पेगा, महकूमा अधिकारी (मुख्यालय) प्रेम के. सुब्बा साथै पञ्चायत सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक गोलेले वाणिज्य एवं उद्योग विभागअधिनस्थ रहेका सबै योजनाहरूलाई जिल्लाभरि सर्वसाधरणको पहुच योग्य बनाउनुपर्ने कुरामा जोर दिए। विशेष गरेर युवाहरूलाई लक्षित गरेर ती योजनाहरूलाई अघि बड़ाइनुपर्ने उनले बताए। यसको साथै विधायक गोलेले जिल्लाका शिक्षित युवाहरूलाई ती योजनाहरूको लाभ उठाउन अघि आउने अपील पनि गरे।
यसरी नै कार्यक्रममा विभागका विभिन्न अधिकारीले आफ्नो सम्बोधनमा विभिन्न युवामुखी योजनाहरू बारे अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement