गान्तोक: आगामी २८ जनवरीदेखि १४ फरवरीसम्म उत्तरखण्ड लगायत अन्य राज्यमा आयोजना हुने ३८औं राष्ट्रीय खेलमा राज्यका कूल ४१ जना खेलाडीहरूले विभिन्न विधामा अंशग्रहण गर्ने सिक्किम ओलम्पिक एसोसिएशनका सचिव जसलाल प्रधानले जानकारी गराए। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्जुन अवार्डी जसलाल प्रधानले उक्त प्रतियोगितामा राज्यबाट धनुविद्यामा पहिलोपल्ट सिक्किमको प्रतिनिधित्व गर्दै तरूणदीप राईले प्रतिष्पर्धा गर्ने भएका छन् भने साइकिलिङ, महिला फुटवल,बक्सिङ र एथलेटिक्समा राज्यका ४१ खेलाडीहरूले सहभागिता जनाउने जानकारी गराए। यस कार्यक्रमको उदघाटन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने पनि उनले बताए। विशेष गरेर सिक्किम महिला फुटवल टोलीले सर्वप्रथम राष्ट्रीयस्तरको प्रतियोगितामा खेल्नको निम्ति छनौट भएको र फुटवलमा सिक्किमले अवश्य पनि पदक हासिल गर्न सक्ने प्रधानले आशा व्यक्त गरेकाछन्। उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने टोलीलाई सरकार साथै संस्थाको तर्फबाट नगद साथै रजत र काँस्य पदक टोलीलाई ७५ हजार र ५० हजार प्रदान गरिने जानकारी गराए। सोही प्रकारले व्यक्तिगतरूपमा स्वर्ण पदक विजेतालाई ५० हजार, ४० हजार र ३० हजार प्रदान गरिने घोषणा गरे।एसकेएम पार्टी सरकारमा आएपछि खेलकूदलाई प्राथमिकता दिँदै आइरहेको प्रधानले अवगत गराए। वर्तमान सरकारले खेलकूदको क्षेत्रलाई धेरै सहयोग र समर्थन गर्दै आइरहेको पनि उनले जानकारी गराए। राज्यमा खेलकूदको क्षेत्रमा रूची राख्नेहरूको निम्ति भविष्य उज्जवल रहेको र राज्य सरकारको तर्फबाट पनि उनीहरूलाई विभिन्नरूपमा सहयोग प्रदान गरिने आश्वासन दिए। यस अवसरमा द्रोणाचार्य पुरस्कारले सम्मानित सन्ध्या गुरूङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।